काठमाडौं । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने उद्देश्यले कानुन ल्याइए त्यसविरुद्ध देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र र संघीयताको विरोध गर्नु आफ्नो संवैधानिक तथा राजनीतिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई अपराधका रूपमा व्याख्या गर्न खोजिए स्वीकार्य नहुने बताए।

उनले अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक विचारमाथि प्रतिबन्ध लगाउने कुनै पनि कानुन आए राष्ट्रवादी, राजावादी, हिन्दुवादी तथा संघीयता र गणतन्त्रको विपक्षमा रहेका समूहहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिने चेतावनी दिए।

‘यदि राज्यले नागरिकको संवैधानिक अधिकार कुण्ठित गर्ने गरी कानुन ल्यायो भने हामी जेल भरो आन्दोलन सुरु गर्छौं। आवश्यक परे लाखौँको संख्यामा जेल जान पनि तयार छौँ,’ राणाले भने।

उनले आफूहरू संवैधानिक राजतन्त्रको पुनर्स्थापना, सनातन हिन्दु अधिराज्यको स्थापना तथा किराँत र बौद्ध धर्मलाई सम्मानपूर्वक समेट्ने राज्य व्यवस्थाको पक्षमा नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा रहेको पनि बताए।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com