काठमाडौं। नेपाल आइडल सिजन–२ बाट नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक भएको छ।
प्रेम, बिछोड, भावना र सम्बन्धका सूक्ष्म अनुभूतिलाई मार्मिक ढंगले अभिव्यक्त गरिएको यस गीतमा पवन गिरीकै स्वर, शब्द तथा संगीत रहेको छ।
गीतको म्युजिक भिडियोको निर्देशन बिबेक कर्माचार्यले गरेका छन्। भिडियोमा सुनील बी. थापा र कविता न्यौपानेको प्रभावशाली अभिनय रहेको छ, जसले प्रेमिल जोडीबीचको भावनात्मक उतारचढाव, माया र संवेदनालाई कलात्मक एवं जीवन्त रूपमा पर्दामा उतारेको छ।
उत्कृष्ट शब्द, मधुर संगीत र भावपूर्ण दृश्य संयोजनका कारण ‘मन भारी’ले दर्शक तथा श्रोताको मन छुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया