काठमाडौं। गृह मन्त्रालयले प्रशासनिक कार्यसम्पादनलाई थप चुस्त र प्रभावकारी बनाउन विभिन्न निकायमा कार्यरत ४२ जना उपसचिवको एकैपटक सरुवा गरेको छ।

मन्त्रालयको शुक्रबारको निर्णयअनुसार राजपत्रांकित द्वितीय श्रेणीका उपसचिवहरूलाई गृह मन्त्रालय, विभाग, मातहतका निकाय तथा जिल्ला प्रशासन कार्यालयहरूमा नयाँ जिम्मेवारीसहित पदस्थापन गरिएको हो।

मन्त्रालयका अनुसार नियमित प्रशासनिक व्यवस्थापन, सेवा प्रवाहमा सुधार र कार्यक्षमता सुदृढीकरणका उद्देश्यले सरुवा गरिएको हो। सरुवासँगै केही जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीसमेत परिवर्तन भएका छन्।

सरुवा भएका केही उपसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केहीलाई गृह मन्त्रालय, अध्यागमन कार्यालय तथा अन्य विभागीय निकायमा खटाइएको छ।

मन्त्रालयले सरुवा सूची आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिसकेको जनाएको छ। साथै, सरुवा भएका सबै अधिकारीलाई तत्काल नयाँ कार्यस्थलमा हाजिर भई जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ।

सरकारले हालै सार्वजनिक गरेको सय दिने कार्यसम्पादन विवरणमा शासकीय सुधार, प्रशासनिक चुस्तता र सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखेको थियो। त्यसैको निरन्तरताका रूपमा गृह प्रशासनमा यो व्यापक फेरबदल गरिएको बताइएको छ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com