काठमाडौं । विशेष अदालतले टेरामक्स प्रणाली खरिद प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

अदालतले झालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। साथै सार्वजनिक संस्थाको प्रमुख पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै थप ६ महिना कैद सजाय थपिएको छ। यससँगै उनले कुल १ वर्ष कैद भोग्नुपर्ने भएको छ।

यसै प्रकरणमा प्राधिकरणका पूर्वसदस्य धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई पनि जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ।

विशेष अदालतका अनुसार टेरामक्स प्रणाली खरिद गर्दा अनिवार्य रूपमा गर्नुपर्ने सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा लागत अनुमानलगायत कानुनी प्रक्रिया पूरा नगरी बदनियतपूर्ण ढंगले खरिद प्रक्रिया अघि बढाइएको पुष्टि भएको छ।

यही मुद्दामा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत भने अदालतबाट सफाइ पाएका छन्।

प्रकाशित मिति: २२ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com