काठमाडौं । रास्वपा सांसद पुकार बमले सामाजिक सञ्जालमार्फत साङ्केतिक स्टाटस लेख्दै आफ्नो धैर्यताको परीक्षा नलिन चेतावनी दिएका छन्। उनले “यो शान्त ज्वालामुखीले क–कसलाई खरानी बनाउँछ, हेर्दै जाऔँ” भन्दै आफूलाई नजरअन्दाज नगर्न आग्रह गरेका छन्।
बमले सन् २००४ यता २२ वर्षको सामाजिक तथा राजनीतिक संघर्षपछि देश र नागरिकका लागि ज्यान दिनसमेत तयार रहेको उल्लेख गरेका छन्। तर, उनले उक्त अभिव्यक्ति कसलाई लक्षित गरेर लेखेका हुन् भन्नेबारे भने कुनै स्पष्ट खुलासा गरेका छैनन्।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया