काठमाडौं । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेपालीको मृत्युको जानकारी प्राप्त भएसँगै मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसहित उच्च अधिकारीहरूबीच घटनाबारे आपत्कालीन छलफल भइरहेको छ।

स्रोतले भन्यो, ‘उहाँको निधन भएको जानकारी आएको छ। त्यसपछि मन्त्रीज्यूसहित मन्त्रालयमा छलफल चलिरहेको छ। गृहमन्त्री केहीबेरमै वीर अस्पताल पुग्ने तयारीमा हुनुहुन्छ।’

गृहमन्त्री गुरुङको सचिवालयले पनि उहाँ केहीबेरमा वीर अस्पताल पुगेर घटनाबारे जानकारी लिने र उपचारमा संलग्न चिकित्सक तथा सुरक्षा अधिकारीसँग छलफल गर्ने जनाएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com