सर्लाही । राजधानी काठमाडौंमा भएको आत्मदाह घटनाको चर्चा सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र पौडेलका अनुसार मण्डलको मानसिक अवस्था केही समयदेखि अस्वस्थ रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनले आत्मदाहको प्रयास गर्नुको वास्तविक कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि गम्भीर घाइते भएका मण्डललाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरिएको थियो। थप उपचार आवश्यक देखिएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com