काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते पति–पत्नीमाथि गोली प्रहार गरी डकैती गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ का २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक र गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूसहितको समूहले स्थानीय रामविश्वास यादवको घरमा सुतिरहेका उनकी छोरी किरण यादवको खुट्टामा दुई गोली र ज्वाइँ ईश्वरनारायण यादवको दाहिने हातमा एक गोली प्रहार गरी घाइते बनाएको थियो।
घाइते दम्पतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार












प्रतिक्रिया