धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले)का मन्त्रीहरूलाई पदमुक्त गरेका छन्। सरकारमा रहने वा बाहिरिने विषयमा एमालेबाट स्पष्ट निर्णय नआएपछि उनले यस्तो कदम चालेका हुन्।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले एमाले नेतृत्वलाई सरकारमा निरन्तर रहने कि समर्थन फिर्ता लिने भन्ने विषयमा तत्काल धारणा स्पष्ट गर्न आग्रह गरेका थिए। त्यसपछि एमालेले आफ्नो आन्तरिक छलफललाई तीव्र बनाएको थियो।

उता, सम्भावित राजनीतिक परिवर्तनलाई मध्यनजर गर्दै मुख्यमन्त्री शाहले पनि आफ्ना निकट नेताहरूसँग सरकारको आगामी रणनीतिबारे परामर्श गरिरहेका थिए।

एमालेले सरकारलाई निरन्तर समर्थन नदिने संकेत पाएपछि मुख्यमन्त्री शाहले सरकार पुनर्गठनको प्रक्रिया अघि बढाउँदै एमालेबाट नियुक्त मन्त्रीहरूलाई बर्खास्त गर्ने निर्णय लिएका हुन्।

 

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com