काठमाडौं । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

अख्तियारका अनुसार पुलको पुनःडिजाइन  स्वीकृत गराइदिने तथा निर्माण ठेक्काको भुक्तानी प्रक्रिया सहज बनाइदिने भन्दै खड्काले सेवाग्राहीसँग रकम मागेको भन्ने उजुरी प्राप्त भएपछि विशेष निगरानी गरिएको थियो।

सोही सूचनाका आधारमा आयोगको टंगालस्थित केन्द्रीय कार्यालय र इटहरी कार्यालयको संयुक्त टोलीले बुधबार दमक नगरपालिका–१ स्थित एक खाजा घरबाट उनलाई सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले घुस लेनदेनको पुष्टि भएपछि खड्कालाई नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com