सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट नदीमा हाम फालेका एक युवकको सकुशल उद्धार गरिएको छ।

उद्धार हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–५ निवासी अन्दाजी २८ वर्षीय जयप्रकाश साह रहेका छन्। उनले सोमबार दिउँसो कोशी ब्यारेजको ४७ नम्बर ढोकाबाट नदीमा हाम फालेका थिए।

घटनालगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थियो। टोलीले मोटरबोटको सहायताले ब्यारेजबाट करिब ९० मिटर तलबाट साहको सकुशल उद्धार गरेको हो।

उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक थप प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ४ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com