काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४, प्रोक छाकगाउँकी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था जटिल बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ।

२८औँ गर्भावस्थामै शिशु जन्मिएपछि लामाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेपछि उनको हवाई उद्धार गरिएको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरबाट उद्धार गरिएकी लामालाई थप उपचारका लागि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको छ।

दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षा गर्दै सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com