चितवन । भरतपुर महानगरपालिका–१६ स्थित एक औषधि उद्योगमा एसीको कुलिङ ग्यास भर्ने क्रममा सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार दिउँसो करिब ३ः२० बजे रोयल फर्मासिटिकल्स उद्योगको दोस्रो तलामा एसीमा कुलिङ ग्यास भर्ने क्रममा सिलिण्डर विस्फोट भएको हो।

विस्फोटमा भरतपुर महानगरपालिका–१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्साको पर्टेर्वा सुगौली गाउँपालिका–५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए।

घाइते कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई दिउँसो करिब ४ः०५ बजे मृत घोषणा गरेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जना रोयल फर्मासिटिकल्स उद्योगमा एसीमा ग्यास भर्न पुगेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • रासस

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com