काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्ने भएका छन्।
प्रचण्डले शून्य समय सकिएलगत्तै विशेष समयमार्फत संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रिय मुद्दा तथा पछिल्ला विकसित परिस्थितिबारे आफ्नो धारणा राख्ने तयारीमा प्रचण्ड रहेको सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको जारी बैठकमा उनको सम्बोधनलाई प्रमुख राजनीतिक अभिव्यक्तिका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया