काठमाडौं । उत्तरी कुवेतमा आज बिहान भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको भन्दै परराष्ट्र मन्त्रालयले घटनाको आधिकारिक विवरण संकलन भइरहेको जनाएको छ।
मन्त्रालयले बिहिबार जारी गरेको जानकारीअनुसार घटनाको विस्तृत विवरण उपलब्ध गराउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइएको छ।
मन्त्रालयका अनुसार नेपाली राजदूतावास कुवेतले स्थानीय सम्बन्धित निकाय तथा सम्बद्ध कम्पनीसँग निरन्तर समन्वय र सम्पर्कमा रही घटनाबारे आवश्यक जानकारी संकलन गरिरहेको छ।
परराष्ट्र मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै थप विवरण प्राप्त हुनेबित्तिकै सार्वजनिक गरिने जनाएको छ।
प्रकाशित मिति: १४ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया