काठमाडौं । सुनसरीको कप्तानगञ्जमा भएको साम्प्रदायिक झडपमा घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। सो घटनामा यसअघि ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको थियो।
यसै घटनाक्रमसँग सम्बन्धित तनावका क्रममा सिराहामा पनि प्रहरीको गोली लागेर अर्का एक युवाको ज्यान गएको थियो।
कप्तानगञ्ज घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया