काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन् । विश्वका आदिवासी जनजाति दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
‘पहिचान, अधिकार, प्रतिनिधित्व र सम्मानका लागि नेपाली जनताले गरेको लामो संघर्ष र बलिदानबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको संघर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो’, उनले भनेका छन् ।
विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने उनले बताए । ‘ सबै जाति, भाषा, संस्कृति, क्षेत्र र समुदायको न्यायपूर्ण प्रतिनिधित्व तथा सम्मानपूर्ण सहभागिताबाट मात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिन्छ’ प्रचण्डले भनेका छन् ।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार












प्रतिक्रिया