काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपालको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्न प्रस्ताव गरेका छन् ।
नेपालमा सिंह नै नपाइने भएकाले प्रशासनिक केन्द्रको नाम पनि समयानुकूल परिवर्तन गर्नुपर्ने उनको तर्क छ । ढकालले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ नाम राख्न उपयुक्त हुने धारणा अघि सारेका हुन् ।
उनले नाम परिवर्तनसँगै सिंहदरबारको कार्यशैली र प्रशासनिक प्रवृत्तिमा समेत सुधार आवश्यक रहेको बताए ।
ढकालका अनुसार केवल नाम परिवर्तन गरेर मात्र नहुने भएकाले प्रशासनिक केन्द्रबाट हुने सेवा प्रवाह, काम गर्ने शैली र राज्य संयन्त्रको व्यवहारमा समेत सकारात्मक परिवर्तन ल्याउन आवश्यक छ ।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार













प्रतिक्रिया