काठमाडौं । अछामको मंगलसेन नगरपालिका–५ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार दुर्घटनामा मंगलसेन नगरपालिका–३, लाछीमाना निवासी अन्दाजी ४८ वर्षीय निर्प बोगटीको मृत्यु भएको हो।
सु.प.प्र.०१००१ ह ६११३ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिँदा बोगटी घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले अटो र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया