काठमाडौं । सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अचानक बिरामी परेका छन्। शनिबार दार्चुला हुँदै बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो तथा रुघाखोकीको समस्या देखिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि गोठालापानीमै आराम गरिरहेका मन्त्री लम्सालको जिल्ला अस्पतालका एमडीजीपी डा. पविन उपाध्यायले स्वास्थ्य परीक्षण गरेका थिए। परीक्षणका क्रममा उनलाई भाइरल ज्वरो र रुघाखोकीको सामान्य संक्रमण देखिएको चिकित्सकले बताएका छन्।

स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि थप उपचारका लागि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार मन्त्री लम्साललाई लिन सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बैतडीतर्फ उडिसकेको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com