काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया अघि बढाउने भएको छ। त्यसका लागि पार्टीले आज ‘क्यान्डिडेट क्लब’ घोषणा गर्न लागेको हो।
रास्वपाका सभापति रवि लामिछानेको उपस्थितिमा सोमबार अपराह्न ५ः३० बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा ‘क्यान्डिडेट क्लब’ घोषणा गरिने कार्यक्रम तय गरिएको छ।
पार्टीको गत साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि योग्य, इमानदार र सक्षम उम्मेदवार छनोट गर्ने प्रक्रियाको प्रारम्भिक चरणका रूपमा ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’मा सहभागी हुन इच्छुक व्यक्तिका लागि आवेदन खुला गर्ने तयारी गरिएको छ।
रास्वपाले क्लबमार्फत स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिको पहिचान गरी उनीहरूको योग्यता, क्षमता र इमानदारीका आधारमा उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने जनाएको छ।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया