काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवागढी जलविद्युत आयोजनाको पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

घिसिङले भदौ १४ गते आफूले टिमुरे, रसुवागढी टनेल र चिलिमे टनेलको रेकी गरी फर्किएपछि धुन्चेमा सुरक्षा निकायसँग छलफल भएको जानकारी दिए। उक्त छलफल अनुसार भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढीको पावर हाउस जाने पहुँच सुरुङभित्र करिब २५० मिटर प्रवेश गरेको उनले बताए।

‘भदौ १४ गते म आफैँ टिमुरे, रसुवागडी टनेल चिलिमे टनेल रेकी गरेर फर्केपछि धुन्चेमा सुरक्षा निकायहरूसँग छलफल भए अनुसार हिजो भदौ १५ गते नेपाल आर्मीको टोलीले रसुवागडीको पावर हाउस जाने पहुँच टनेलभित्र २५० मीटरसम्म जाने काम भएको छ। तर टनेलभित्र मान्छे भेट्न सकिएन भन्ने समाचार आयो,’ उनले सामाजिक सञ्जालमा भनेका छन्।

तर, सुरुङभित्र मानिस फेला नपरेको समाचार आएको भन्दै घिसिङले उद्धार प्रयासलाई अब थप प्रभावकारी बनाउनुपर्ने भनाइ राखे। उनले कर्मचारीहरू पावर हाउसको कन्ट्रोल रूममा रहने भएकाले पावर हाउससम्म प्रवेश गर्ने वैकल्पिक उपाय खोजेर त्यहाँ थुनिएका कर्मचारीको तत्काल उद्धार गर्नुपर्नेमा जोड दिएका छन्।

घिसिङले भनेका छन्, ‘कर्मचारीहरू टनेलभित्रको पावर हाउसको कन्ट्रोल रूममा रहने हुँदा अब पावर हाउसमा छिर्ने उपाय गरी त्यहाँ थुनिएर रहेका कर्मचारीको उद्धार तत्काल गरिनुपर्दछ।’

प्रकाशित मिति: १६ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com