काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य शुक्रबार फेरि बढेको छ। पछिल्लो एक सातादेखि उतारचढावसँगै घटिरहेको सुनको मूल्य बिहीबारदेखि लगातार दोस्रो दिन बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। यससँगै सुनको मूल्य ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ।
यसअघि बिहीबार सुन प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यो साता सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ। बुधबार प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९७ हजार ३ सय रुपैयाँमा झरेको सुन मंगलबार ५०० रुपैयाँ घटेर ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसअघि सोमबार सुनको मूल्य २ हजार ४ सय रुपैयाँ घटेर ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने आइतबार प्रतितोला ९ हजार ५ सय रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँमा झरेको थियो।
चाँदीको मूल्य पनि बढ्यो
सुनसँगै शुक्रबार चाँदीको मूल्यमा समेत वृद्धि भएको छ।
महासंघका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७ सय ६५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ कायम भएको थियो।
बुधबार भने चाँदी प्रतितोला १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदी ४ हजार ७६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो भने सोमबार अघिल्लो दिनकै मूल्य अर्थात् ४ हजार ७८० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।
प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार












प्रतिक्रिया