काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राहत रकम सरकारी कोषमा जम्मा गरेर थन्क्याउनुभन्दा तत्काल पीडितको हातमा पुर्‍याउनुपर्ने बताएका छन्।

शुक्रबार च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै ओलीले अहिलेको प्राथमिकता पीडितलाई प्रत्यक्ष सहयोग गर्नु रहेको बताए। “सरकारी कोषलाई राहत चाहिएको होइन, पीडित जनतालाई हो,” भन्दै उनले राहत वितरणपछि मात्रै आवश्यकता र हैसियतअनुसार सरकारी कोषमा रकम दाखिला गर्न सकिने बताए।

ओलीले ‘ग्रिन आर्मी’ नामको समूहको अस्तित्वमाथि समेत प्रश्न उठाए। २०७२ को भूकम्प, कोरोना महामारी र अघिल्लो वर्षको रसुवा बाढीमा नदेखिएको उक्त समूह गत वर्षका राजनीतिक आन्दोलनका क्रममा भने अन्य रूपमा संलग्न थियो कि भन्नेबारे जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ थियो।

यस्तै, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिबापत विकसित देशसँग अन्तर्राष्ट्रिय मञ्चमार्फत दृढतापूर्वक क्षतिपूर्ति माग गर्नुपर्ने ओलीले बताए।

प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com