काठमाडौं । भोटेकोशी बाढीपीडितको स्वास्थ्य उपचारका लागि युएसभी फार्मास्युटिकल्सले रु. एक करोड ५० लाख प्रदान गर्ने भएको छ ।

बिहीबार यहाँ आयोजित कार्यक्रममा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फार्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार बाढी प्रभावितका लागि स्वास्थ्य सामग्रीको विवरण नेपाल चिकित्सक सङ्घले उपलब्ध गराउने र सोही आधारमा युएसभी फार्मास्युटिकल्सले सामग्री खरिद गरी प्रभावित परिवारलाई उपलब्ध प्रदान गर्नेछ ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com