काठमाडौं । भोटेकोसी बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, स्वास्थ्य सेवा र पुनर्स्थापनामा वाईसीएल सक्रिय भएको छ। वाईसीएलले घाइते तथा विस्थापितलाई सुरक्षित स्थान र होल्डिङ सेन्टरसम्म पुर्‍याउने, खाना खुवाउने तथा आवश्यकताअनुसार काठमाडौंसम्म ल्याउने काम गरेको जनाएको छ।

वाईसीएल नुवाकोटका अध्यक्ष जलन गजुरेलका अनुसार संगठनले स्थानीय तह, जिल्ला प्रशासन तथा विभिन्न संघसंस्थासँग समन्वय गरी राहत वितरण, स्वास्थ्य शिविर, सरसफाइ र श्रम अभियान सञ्चालन गरिरहेको छ। प्रभावित क्षेत्रमा पुग्न वैकल्पिक सडक मार्गको खोजीसमेत गरिएको उनले बताए।

वाईसीएलले खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन देशभर जनशक्ति परिचालन गर्ने तयारी गरेको जनाएको छ।

अभियानका क्रममा फेला परेका करिब ५० तोला सुन, ७० तोला चाँदी, ल्यापटप, नगदलगायतका सामग्री सम्बन्धित व्यक्तिको पहिचान गरी फिर्ता गरिएको वाईसीएलले जनाएको छ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com