काठमाडौं । देशैभर अहिले ग्यासको चरम अभाव छ । ग्यासको व्यवस्थापन गर्न नसक्दा बिहिबार उद्योगमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिइन् । यसैबीच, काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ ।

दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको प्रहरीले जनाएको छ ।

ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालक दिनेश लुइँटेललाई प्रहरीले पक्राउ गरेको हो ।

बसुन्धारामा स्टोर ग्यास स्टोर सञ्चालन गरेका लुइँटेलले प्रति सिलिन्डर २ हजार ७५० रुपैयाँमा ग्यास बेच्ने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । बरामद सबै सिलिन्डर नेपाल ग्यास कम्पनीका हुन् ।

प्रकाशित मिति: २६ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com