काठमाडौं । अनियमितताको आशङ्कामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मुख्यालयमा छापा मारेको छ ।
सीआईबीका प्रवक्ता अनुपमशमशेर जबराका अनुसार शुक्रबार एन्फा कार्यालयमा छापा मारेर अनुसन्धानका लागि आवश्यक केही कागजात नियन्त्रणमा लिइएको हो ।
उनका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ । प्रहरीले छानबिनको क्रममा प्राप्त कागजातका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया