काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर पाल्पामा पाँच जनाको मृत्यु भएको छ।

पाल्पाका प्रहरी प्रमुख एसपी दीपेन्द्र पञ्जियार थारुका अनुसार शुक्रबार एक जना र शनिबार राति चार जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो।

शुक्रबार रिब्दीकोट गाउँपालिकामा ५९ वर्षीया कृष्णकुमारी सारुको पहिरोमा पुरिएर मृत्यु भएको थियो।

शनिबार राति माथागढी गाउँपालिका–३, भसकटामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। पहिरोबाट ७५ वर्षीय लीलबहादुर घर्तीमगर, उनकी १९ वर्षीया छोरी दिना घर्तीमगर र सोही घरमा बस्न गएकी १५ वर्षीया झरना घर्तीको शव निकालिएको प्रहरीले जनाएको छ।

झरना आफ्नी साथी दिनाको घरमा बस्न गएको बेला पहिरोमा परेकी थिइन्। तीनै जनाको शव पहिरोबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको एसपी थारुले जानकारी दिए।

त्यस्तै, माथागढी गाउँपालिका–२ को रक्सेमा पहिरोमा परेर ७५ वर्षीय शेरबहादुर चिढीमगरको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी पाल्पामा हालसम्म पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This