काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग लिखित बयान लिएको छ।
मंगलबार पुल्चोकस्थित आयोगको कार्यालयमा पुगेका खड्काले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई नियन्त्रणमा लिएको घटनाबारे बयान दिएका हुन्।
जबरालाई नियन्त्रणमा लिएपछि उनको अवस्था बुझ्न पुगेको आयोगको टोलीलाई प्रहरीले कार्यालय प्रवेशमा रोक लगाएपछि आयोगले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले एसएसपी खड्कासँग बयान लिइएको पुष्टि गरेका छन्।
प्रकाशित मिति: १३ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया