काठमाडौं । प्रतिनिधि सभाको दोस्रो अधिवेशन असोज १६ गते अन्त्य भएको छ। वैशाख २८ गतेदेखि सुरु भएको १४५ दिन लामो अधिवेशनमा ६२ दिनमा ६८ वटा बैठक बसेका थिए।
अधिवेशनका क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधनसहित १२ वटा विधेयक पारित भएका छन्। तीमध्ये ११ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् भने २० वटा विधेयक विभिन्न समितिमा विचाराधीन छन्।
प्रकाशित मिति: १६ आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया