काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिएको परिस्थितिमा पुरानै शैलीबाट अघि बढेर चुनौतीको सामना गर्न नसकिने बताएका छन्।
शनिबार काभ्रेको एकता बैठकलाई सम्बोधन गर्दै उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारको पक्षमा संघर्षलाई थप दृढ बनाउनुपर्ने बताए।
प्रचण्डले कम्युनिष्ट शक्तिहरूबीच पार्टी एकता तथा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताए। उनले पार्टीभित्र पनि रूपान्तरण गर्दै विचार, संगठन र नेतृत्वलाई नयाँ परिस्थितिअनुसार अघि बढाउनुपर्नेमा जोड दिए।
प्रकाशित मिति: १७ आश्विन २०८३, शनिबार












प्रतिक्रिया