काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्।

ओलीको सट्टा एमालेका महासचिव शंकर पोखरेल महाधिवेशनमा सहभागी भएर शुभकामना दिने तय भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा उद्घाटन हुँदैछ। महाधिवेशनमा शुभकामना दिन कांग्रेसले विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई निम्तो दिएको जनाएको छ।

यसैबीच नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। प्रचण्डको सचिवालयका अनुसार कुनै आकस्मिक परिस्थिति उत्पन्न नभए उनी महाधिवेशनमा सहभागी हुनेछन्।

‘अहिलेसम्म जाने भन्ने छ। केही अपर्झट भएन भने जानुहुन्छ,’ प्रचण्डको सचिवालयले जनाएको छ।

कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिन विभिन्न राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा गरेको जनाएको छ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com