काठमाडौं । चाडपर्वका बेला हवाई भाडा बढेको गुनासोपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन्।
प्रधानमन्त्री बालेन शाहको चासो र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेश’को सक्रियतापछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बिहीबार वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो।
छलफलमा कम्पनीहरूले स्वीकृत भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने र त्यस्तो भाडादर आफ्ना आधिकारिक बिक्री तथा वितरण प्लेटफर्ममा सार्वजनिक गर्ने सहमति भएको क्यानका महानिर्देशक मुकेश डङ्गोलले जानकारी दिए।
चाडपर्वमा घर फर्किने यात्रुलाई राहत दिने उद्देश्यले भाडा घटाउने व्यवस्था गरिएको क्यानले जनाएको छ।
प्रकाशित मिति: २२ आश्विन २०८३, बिहिबार












प्रतिक्रिया