काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली चलाएर ३०० ग्राम खैरो हेरोइन बरामद गरेको छ।
लागूऔषध नियन्त्रणका क्रममा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो। घटनामा एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन।
घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २७ आश्विन २०८३, मंगलबार












प्रतिक्रिया