काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तन क्षेत्रसँग सम्बन्धित दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन्।
जारी गरिएका अध्यादेशमा ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ रहेका छन्।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिमा दुवै अध्यादेश जारी गरिएको उल्लेख छ।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार












प्रतिक्रिया