काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा पैतृक सम्पत्तिको विवादमा आफ्नै दाइको हत्या गरेका भाइ उनकै अन्त्येष्टिमा सहभागी भएको खुलेको छ । प्रहरीले अनुसन्धानका क्रममा मोहम्मद बिलालले दाइ मोहम्मद सुफियानको हत्या गरेको पत्ता लगाएको हो ।

प्रहरीका अनुसार अक्टोबर १७ मा बिलालले ह्वाट्सएपमार्फत दाइलाई गुजरात सहर बोलाएका थिए । दुवै जना सँगै खाना खाएर मोटरसाइकलमा घर फर्किने क्रममा सुनसान सडकमा पुगेपछि बिलालले दाइको घाँटीमा छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।

हत्या गरेपछि घटनालाई लुटपाटको रूप दिन उनले दाइको मोबाइल र मोटरसाइकलसमेत लगेका थिए । त्यसपछि परिवारलाई आफू साउदी अरेबियामा रहेको भान पार्दै अन्त्येष्टिमा सहभागी भएका थिए ।

प्रहरीका अनुसार सोधपुछका क्रममा बिलालले पैतृक सम्पत्तिको बाँडफाँटमा आफूलाई भेदभाव गरिएको भन्दै दाइको हत्या गरेको स्वीकार गरेका छन् ।

अभियुक्तलाई अदालतमा पेस गरिएपछि तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com