गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट तल खसेको हो।
दुर्घटनामा घाइते भएका तीन जनाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
दुर्घटनाको कारण तथा मृतक र घाइतेहरूको पहिचानबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८३, सोमबार











प्रतिक्रिया