काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको शक्ति संघर्ष जटिल मोडमा पुगेको छ। सर्वोच्च अदालतका केहि न्यायाधीशमाथि महाभियोगको प्रक्रिया अघि बढाउने तयारी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने विषयले पार्टीभित्रको विवादलाई थप जटिल बनाएको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले महाअभियोग मार्फत प्रधानन्यायाधीश समेत हटाउन पर्छ भन्ने धारणा राखेको तर रास्वपा सभापति रवि लामिछाने भने प्रधानन्यायाधीशलाई चलाउन नहुने तर, अन्य ६ जना न्यायाधीशहरु माथी महाअभियो प्रस्ताव लग्न तयार भएको स्रोतको दाबी छ।

अर्कोतर्फ, आईजीपी कार्कीलाई पदबाट हटाउने विषयले भने प्रधानमन्त्री शाह र पार्टी सभापति लामिछानेबीच ठूलो मतभिन्नता सिर्जना गरेको स्रोतले जनाएको छ। प्रधानमन्त्रीनिकट समूह कार्कीलाई हटाउने पक्षमा रहेको र लामिछाने त्यसको विपक्षमा रहेको रास्वपा निकट स्रोतले जनाएको छ।

यही विवादबीच पत्रकार पक्राउ प्रकरणले समेत रास्वपाभित्रको असन्तुष्टि सतहमा ल्याएको छ। पार्टी सचिवालय बैठकमा समेत सरकारको कार्यशैली, गृह प्रशासनको भूमिका र प्रहरी परिचालनबारे प्रश्न उठेका छन्।

रास्वपाभित्रको आन्तरिक किचलो यतिबेला न्यायाधीशलाई महाभियोग लगाउने तयारी र आईजीपी दानबहादुर कार्कीलाई बर्खास्त गर्ने विषयले पार्टीलाई वारपारको अवस्थामा पुर्‍याएको छ। प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेको बढ्दो मतभेदबीच रास्वपाभित्रको विवादको निकास प्रधानमन्त्री बालेन्द्र शाहलाई हटाउनेतर्फ जान्छ कि आईजीपी कार्कीलाई बर्खास्त गर्ने निर्णयमा पुगिन्छ भन्ने प्रश्न पेचिलो बनेको छ। यही विषयमा रास्वपाको संसदीय दलको बैठक समेत बस्दै छ।

 

 

प्रकाशित मिति: १५ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com