काठमाडौं । सोलुखुम्बुको लुक्लाभन्दा माथि फेरिचेमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिका-४ फेरिचेमा फिस्टेल एयर र एयर डाइनेस्टिकका दुई हेलिकोप्टरको पंखा आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा विदेशी नागरिक हुन् भने उनको परिचय खुल्न सकेको छैन।
घाइते शैलेश किसन पटेललाई काठमाडौंको नेपाल मेडिसिटी हस्पिटल ल्याइएको उनले जानकारी दिए। उनका अनुसार मृतकको शवलाई लुक्ला ल्याइएको छ।
प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया