रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका–३ निवासी ७२ वर्षीय पद्मबहादुर कार्की चार दिनदेखि सम्पर्कविहीन भएका छन्। परिवारले उनको खोजी कार्यमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ।
परिवारका अनुसार कार्की २०८३ कात्तिक ९ गते बिहान करिब ४:१५ बजे गुल्मी जान्छु भन्दै घरबाट निस्किएका थिए। सोही दिन बिहान करिब ११ बजे सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन बन्द रहेको र त्यसयता कुनै सम्पर्क हुन सकेको छैन।
करिब १६० सेन्टिमिटर उचाइ र गहुँगोरो वर्णका कार्की घरबाट निस्कँदा कालो पाइन्ट, सेतो टी–सर्ट, अस्कोट र टोपी लगाएका थिए।
उनलाई कतै देख्नुभएको वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने छोरा कुशल कार्कीलाई ९८६७१०१२६८ वा ९८४२९२४८१७ मा अथवा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराइदिन परिवारले अनुरोध गरेको छ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार













प्रतिक्रिया