काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले सत्ताको दुरुपयोग गरेर कांग्रेसमाथि प्रहार भइरहेको र यसले सरकारको छाडातन्त्र नलुक्ने बताएकी छन् ।

उनले इनम सापकोटा प्रकरणमा सत्ताको दुरूपयोग कसरी भइरहेको छ भन्ने घामजस्तै छर्लङ्ग भएको उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आममान्छेले भेउ पनि पाउन छाडेपछि देशमा सुशासन होइन छाडातन्त्र हावी भएका उदाहरणहरु देखिएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘लोकतन्त्रको शतत् पहरेदार नेपाली कांग्रेसमाथि अहिले सत्ताको दुरुपयोग गरेर आक्रमण गर्न खोजिएको छ, तर सत्ताले गरेका गल्तीहरुको मुकुन्डो उघारिँदा लाज पनि लजाउने पक्का छ ।’

उनले भनेकी छन्, ‘प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण गर्नुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा लुकाएर राखेको भनिएको कुरा समेत जिम्मेवार मिडियाबाट सार्वजनिक भइसकेको अवस्थामा अब जवाफ दिनु पर्ने पालो सत्ता र सत्तारुढ दलको हो । कि बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This