काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका छन्।

परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आएका मिश्रीको भ्रमणलाई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणको तयारीसँग जोडेर हेरिएको छ।

भ्रमणका क्रममा मिश्रीले परराष्ट्र सचिव राईसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम छ। बैठकमा नेपाल–भारत सम्बन्धका समग्र पक्ष, ऊर्जा सहकार्य, व्यापार, लगानी, सीमा पार पूर्वाधार निर्माण तथा क्षेत्रीय हितका विषयमा छलफल हुने जनाइएको छ।

काठमाडौं बसाइका क्रममा उनले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नुका साथै नेपाल सरकारका अन्य उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।

दुईदिने भ्रमण पूरा गरी मिश्री बिहीबार नयाँ दिल्ली फर्कनेछन्।

प्रकाशित मिति: १८ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com
Skip This