अन्ताल्या । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन् ।

जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका हिमाली क्षेत्र र त्यहाँका समुदायका समस्या अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै पर्वतीय क्षेत्रको संरक्षणमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले उनले शेर्पा समुदायको परम्परागत पोशाक रोजेको उनको सचिवालयले जनाएको छ ।

शेर्पा समुदायको पहिरनमा सम्मेलनमा सहभागी हुनुले नेपालको हिमाली पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्नुका साथै हालैको भोटेकोशी विपद् र नेपालको पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका विपद्का विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

मन्त्री चौधरी कोप–३१ सम्मेलनमा सहभागी हुन आज अन्ताल्या आइपुगेकी हुन् ।

  • रासस

प्रकाशित मिति: २५ कार्तिक २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com