काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा गुडिरहेको मोटरसाइकलमाथि सडकमाथिबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० का ६१ वर्षीय गंगाराम महर्जन रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
आज दिउँसो करिब ३ बजेर २२ मिनेट जाँदा काठमाडौँबाट मुग्लिङतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि एक्कासी माथिबाट ढुङ्गा खसेको थियो । ढुङ्गाले टाउकोमा लाग्दा मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भएका थिए ।
दुर्घटनालगत्तै उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल ल्याइएकोमा चिकित्सकले साँझ ४ बजेर ४९ मिनेट जाँदा मृत घोषणा गरेको चितवन प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलबार












प्रतिक्रिया