काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेस प्रदेशमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको बताएका छन्।

जनकपुरधाममा बुधबार पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रियामा चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडकको विकास र निर्माणका लागि रु ५० अर्बभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए।

चालु आवमा एकमुष्ट रूपमा अत्यधिक बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि मधेस प्रदेशको विकासका लागि बजेट वृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

उनले खानेपानी तथा पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरिएको बताउँदै सरकारले मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारे।

मधेस प्रदेशमा श्रमिकको सङ्ख्या अत्यधिक रहेकाले उनीहरूलाई न्यायोचित पारिश्रमिक उपलब्ध गराउने उद्देश्यले दैनिक ज्यालामा वृद्धि गरिएको बताए। उनले मधेसको समग्र विकास, सडक सञ्जाल विस्तार तथा आधारभूत पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको उल्लेख गरे।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com