काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट निर्वाचित भई दल त्याग गरेका १८ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।
आयोगका अनुसार २०८३ मंसिर २ गतेको निर्णयअनुसार ती जनप्रतिनिधिको पद स्वतः रिक्त भएको हो। २०७९ सालको स्थानीय तह निर्वाचनमा जसपा नेपालको तर्फबाट निर्वाचित भएका उनीहरूले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गर्दै दल त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समन्वय समितिले आयोगमा जानकारी गराएको थियो।
सोही जानकारी र प्राप्त कागजातका आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको आयोगले जनाएको छ।

प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया