काठमाडौं । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। आज मंसिर ३ गते बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो।
सुमोमा चालकसहित १० जना सवार रहेकोमा ७ जना घाइते भएका छन्।
दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए। घाइते तथा मृतकलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: ३ मंसिर २०८३, बिहिबार













प्रतिक्रिया