काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने चालकसहित नौ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार राति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भएर करिब ४०० मिटर तल खसेको थियो ।
दुर्घटनामा जिपमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ की करिब ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको थापाले जानकारी दिए ।
दुर्घटनामा चालकसहित अन्य नौ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार













प्रतिक्रिया