काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ मा एक प्रहरी हवल्दारले आफैँलाई गोली प्रहार गरेका छन्। उच्च अदालत पाटनका न्यायाधीशका व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ) का रूपमा कार्यरत प्रहरी हवल्दार डोलनाथ ढकालले बिहीबार साँझ आफ्नै निवासमा आफैँलाई गोली हानेका हुन्।

गोली लागेर गम्भीर घाइते भएका ढकालको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।

घरमा गोली चलेको आवाज सुनेपछि परिवारका सदस्यहरूले उनलाई तत्काल अस्पताल पुर्‍याएका थिए। ढकालले न्यायाधीशको सुरक्षाका लागि आफूसँग रहेको सरकारी पेस्तोल प्रयोग गरी आफैँलाई गोली प्रहार गरेको प्रारम्भिक विवरणमा उल्लेख छ। गोली लागेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घटनाको कारण भने खुल्न सकेको छैन। घटनाबारे प्रहरी वृत्त महाराजगञ्जले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: ४ मंसिर २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com